धादिङमा लम्पी स्कीन विरुद्ध खोप सुरु, पाँच पालिकाले मात्रै मागे खोप

Avatar photo
Dhadingpost
बिहिबार, साउन २५, २०८०

धादिङ । बागमती प्रदेश सरकारले आज देखि सुरु गरेको लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान धादिङमा पनि सुरुभएको छ । प्रदेशका सबै जिल्लामा एकैपटक खोप अभियान संचालन गरिएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाए पनि वजेट थोरै पठाउँदा धादिङमा ५ वटा पालिकाका ३ हजार ७५० डोज खोप मात्रै लगाईने भएको छ ।

लम्पी स्किन रोग नदेखिएका ठाउँका गाई, गोरु, बाच्छा, बाच्छीलाई यो खोप लगाउने योजना अनुरुप यो अभियान धादिङमा पनि सुरुभएको र खोप लगाउन २६ जना भ्याक्सिनेटर खटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको सूचना अधिकारी पुण्यबती खकुरालले बताईन् ।

धादिङमा ५ पालिकाले मात्रै खोप मागे
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले जनाए अनुसार धादिङ पाँच पालिका (धुनीबेसी नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका) बाहेकले खोप माग नै गरेरन् माग गर्ने यी पाँच पालिकाले २७ हजार ५०० डोज माग गरे पनि प्रदेशले ५ लाख मात्रै वजेट पाठाएकोले उक्त वजेटले धानेको ३ हजार ७५० डोज खोप लगाउन लागिएको हो । जस अनुसार धुनीबेसीमा ९५०, गल्छीमा ७००, गजुरीमा ७००, ज्वालामुखीमा ७०० र त्रिपुरासुन्दरीमा ७०० डोज खोप पुगेका छन् ।

धादिङका कुन पालिकाले कति मागेका थिए खोप, पाए कति ?

धादिङमा कति मरे गाई भैंसी
लम्पी स्किन रोगका कारण धादिङ हाल सम्म ५१३ गाई भैंसी बाच्छा/बाच्छी र पाडा/पाडी मरेका छन् । सूचना अधिकारी खकुरालका अनुसार धादिङमा २१८ गोरु, १९५ गाई, १४ भैसी र ८६ बाच्छा/बाच्छी र पाडा/पाडी मरेका छन् ।