धादिङमा आज ८४ जनालाई डेंगु हुँदा, नीलकण्ठको मात्रै ७७ जना

Avatar photo
Dhadingpost
बुधबार, साउन २४, २०८०

धादिङ । धादिङ । धादिङमा आज ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आज डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ४७ पुरुष, ३० महिला गरी ७७ जना, ज्वालामुखी ३ पुरुष, त्रिपुरासुन्दरीमा ३ महिला, ज्वालामुखीमा २ पुरुष १ महिला गरी ३ जना, सिद्धलेकमा २ महिला खनियाबास र रुबीभ्यालीमा १–१ जना छन् ।

यो सँगै धादिङमा डेंगु संक्रमण हुनेको संख्या १ हजार १२५ जना पुगेको छ । थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन ।