थाक्रेका भिमलाल तामाङ चितवनबाट पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, साउन २१, २०८०

धादिङ । पुर्व-पश्चिम सडक खण्डमा प्रहरीले रत्ननगर न. पा. २ टांडीचोक चितवनमा बा ८७ प २१०२ नं.को मो.सा. रोकी चेकजाँच गर्ने क्रममा धादिङ थाक्रे ३ का भिमलाल तामाङ पक्राउ परेका छन् ।

तामाङले लागु औषध (चरेश) जस्तो देखिने पदार्थ ।५ किलो १०० ग्राम ल्याएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी शनिबार राती पक्राउ परेका हुन् ।