केन्पो खुकुरी मार्शल आर्ट्स संघ धादिङको अध्यक्षमा सुमन त्रिपाठी चयन

Avatar photo
Dhadingpost
बिहिबार, साउन १८, २०८०

धादिङ । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ जिल्ला शाखा धादिङको अध्यक्षमा सुमन त्रिपाठी चयन भएका छन् ।

त्रिशुली भ्यू रेष्टुरेण्ट आदमघाटमा भएको प्रथम जिल्ला अधिबेशनबाट उपाध्यक्ष सिताराम तामाङ, सचिव डम्बर बहादुर मोक्तान, कोषाध्यक्ष गणेश तामाङ र सदस्यहरुमा रोशन गुरुङ, विष्णु भट्ट र प्रविण बिक चयन भएका छन् ।

गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको थियो ।