धादिङ अस्पतालमा पहिलो पटक दश वर्षिय बालकको एपेन्डिसाइटिसको शल्यक्रिया

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १६, २०८०

धादिङ । धादिङ अस्पतालमा जटिल प्रकारको शल्यक्रिया केहि वर्ष देखि सुरु हुँदै आएको छ । जटिल प्रकारको शल्यक्रिया मै पर्ने एपेन्डिसाइटिसको शल्यक्रिया सोमबार १० वर्ष मुनिको बालकमा गरिएको छ । बालकमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको भने यो पहिलो पटक भएको अस्पतालका एमडिजिपी डाक्टर दिनेश रेग्मीले जानकारी दिए ।

एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेका छौ । नीलकण्ठ नगरपालिका मधुवनका १० वर्षिय विक्रम आचार्यको सफल अप्रेसन गरेका हौं उनले भने । यस अघि पनि एपेन्डिसाइटिस शल्यक्रिया धादिङ अस्पतालमा हुँदै आएपनि बालकमा भने पहिलो पटक गरिएको उनले बताए ।

सर्जन डा. प्रतिभा धउभडेल, एमडिजिपी डाक्टर दिनेश रेग्मी, एनेस्थेसिया असिस्टेन संगिता छत्कुली, र सरस्वती मल्लको टिमले बालकमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हो ।