धादिङमा आज ५१ जनामा डेंगु संक्रमण

Avatar photo
Dhadingpost
आइतवार, साउन १४, २०८०

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा डेंगु संक्रमणको दर अत्याधिक अझै घट्न सकेको छैन । दैनिक डेंगु हुने क्रम बढी रहेको नीलकण्ठ नगरपालिकामा आज एकै दिन ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार धादिङ आज डेंगु पुष्टि भएका ५१ मध्य नीलकण्ठमा २२ पुरुष, २५ महिला र सिद्धलेकमा १ महिला, ज्वालामुखीमा १ पुरुष, त्रिपुरासुन्दरीमा १ पुरुष र गंगाजमुनामा १ पुरुष रहेका छन् । फाईल फोटो

नीलकण्ठमा डेंगु संक्रमितको संख्या ४४१ जना
साउन १४ गते २२ पुरुष, २५ महिला गरि ४७
साउन १३ गते २० पुरुष, १९ महिला गरि ३९
साउन १२ गते ३० पुरुष, २८ महिला गरि ५८
साउन ११ गते २२ पुरुष, २३ महिला गरि ४५
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३