धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघ नीलकण्ठ ३ को आयोजनामा साउन ११ र १२ गते दुई दिन धादिङबेसी स्थित कभर्ड हलमा संचालन भएको जिल्ला स्तरीय पुरुष युगल खुल्ला ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ‘ए’ लेभल २१ टिम र ‘बी’ लेभल ४६ टिम गरी ६७ टिमले सहभागिता जनाएका थिए । ‘ए’ लेभल तर्फ दार्खाका लाक्पा तेन्जिङ्ग तामाङ र अनुज तामाङको जोडि च्याम्पियन बन्यो भने ‘बी’ लेभल तर्फ त्रिपुरासुन्दरी गाउँपालिकाका रुपेन्द्र बानियाँ र बिनोद बानियाँ दाजु भाईको जोडी च्याम्पियन बनेको थियो ।
फाईनल खेलको नतिजा
‘ए’ लेभल तर्फ
प्रथम: लाक्पा तेन्जिङ्ग तामाङ र अनुज तामाङ (दार्खा)
दोस्रो: अस्विन मगर र सन्तोष थापामगर (नीलकण्ठ)
तृतिय:
भिषण श्रेष्ठ र लक्ष्मीकुमार श्रेष्ठ (नीलकण्ठ)
निर्दिष्ट अधिकारी र राजेन्द्र गुरुङ (नीलकण्ठ)
‘बी’ लेभल तर्फ
प्रथम: रुपेन्द्र बानियाँ र बिनोद बानियाँ (मुलपानी)
दोस्रो: भरत श्रेष्ठ र दिपेन्द्र गुरुङ (अरुघाट)
तृतिय:
विदुर कडेल र विजय त्रिपाठी (मलेखु)
रमेश गुरुङ र उपेन्द्र श्रेष्ठ (गजुरी)
प्रतियोगितामा ए लेभलको खेलको विजेताले २५ हजार उपविजेताले १२ हजार र सान्तोना दुई टिमले ६-६ हजार पाएका छन् भने बी लेभलको खेलको विजेताले २० हजार उपविजेताले १० हजार र सान्तोनाले ५-५ हजार पाएका थिए ।