धादिङका दुग्ध किसानले पाए प्रदेशबाट ७५ लाख ५८ हजार नगद अनुदान

Avatar photo
Dhadingpost
बुधबार, साउन १०, २०८०

धादिङ । बागमती प्रदेश सरकारले धादिङका ६ वटा सहकारीमा आवद्ध दुग्ध उत्पादक किसानहरुलाई ७५ लाख ५८ हजार ८३८ रुपैया अनुदान स्वरुप प्रदान गरेको छ ।

सहकारीमा आवद्ध भई मासिक एक हजार पाँच सय लिटर दूध संकलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक किसानलाई नगद अनुदान दिने बागमती प्रदेश सरकारको कार्यक्रम २०७९/०८० अनुसार माग दावी गर्ने धादिङका ६ सहकारीका किसानले ३ रुपैँया ५६ पैसाको दरले अनुदान पाएका हुन् ।

दुग्ध किसानलाई दिन नगद पाउने धादिङका सहकारी

  • सामुदायीक साना किसान कृषि सहकारी सिद्धलेक २४ लाख २९ हजार ६५ रुपैँया
  • बागेश्वरी बहुउद्धेश्यीय सहकारी गल्छीले १६ लाख, ४९ हजार, ४५३
  • पशुपती दुग्ध उत्पादक सहकारी नीलकण्ठले ११ लाख, ४६ हजार, १२७
  • कुसन मित्रता दुग्ध उत्पादक सहकारी सिद्धलेकले २ लाख, ७२ हजार, ५५२
  • इश्टदेवी दुग्ध सहकारीनीलकण्ठ १३ लाख,९३ हजार, ३१०
  • भुमेस्थान कृषि सहकारी थाक्रे ९ लाख, ६८ हजार, ३३१

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिँदा धादिङका ६ वटा सहकारीमा आवद्ध किसानले अनुदान पाएका हुन् ।