धादिङमा यहि १२ गते मुवाँथाई गठन हुने

Avatar photo
Dhadingpost
बुधबार, साउन १०, २०८०

धादिङ । धादिङमा यहि साउन १२ गते नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला शाखा गठन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा जिल्ला भेला हुने बताईएको छ ।

कस्तो खेल हो मुवाँथाई
मार्सलआर्ट अन्तरगत पर्ने मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल विधा हो । थाईल्याण्डबाट सुरु भएको मुवाँथाई परम्परागत मार्शल आर्ट खेल हो । नेपालमा यो खेलको विकास लामो नभए पनि व्यक्तिगत असमझदारी र नेतृत्वमा छिना झपटीका कारण दुई खेल संघमा अल्झिएको छ । विश्वमा यो खेलको व्यवसायीक रुपमा व्यापकता पाए पनि दुई खेल संघमा विभाजित यो खेल नेपालमा ‘मुवाँथाई’ र ‘मुआथाई’ भन्ने शब्दमा बल्झिएको छ ।