धादिङमा आज ३८ जनामा डेंगु, नीलकण्ठको मात्रै ३५

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ९, २०८०

काठमाडौं । धादिङमा आज साउन ९ गते मंगलबार ३८ जनालाई डेंगु पोजेटिभ देखिएको छ जस माध्य २२ पुरुष १३ महिला गरी ३५ जना नीलकण्ठका मात्रै हुन् । सोमबार नीलकण्ठमा डेंगु पोजेटिभ हुनेको संख्या ३६ जना नै थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले जनाए आनुसार आज धादिङमा डेंगु पोजेटिभ हुनेमा नीलकण्ठ ३५ जना र ज्वालामुखीमा २ महिला, खनियाबासमा १ महिला गरी ३८ जना छन् । साउन १ गते यता धादिङमा डेंगु संक्रमितको संख्या २३५ पुगी सकेको छ भने यसमा नीलकण्ठको मात्रै २०५ जना रहेका छन् ।

जिल्ला अस्पताल धादिङले अस्पतालका बेड डेंगुको संक्रमितले भरिएको जनाएको छ । अस्पतालमा २ महिनाको बालक देखि ८९ जनाको वृद्धा र हप्ता दिनको सुत्केरी महिला समेत भर्ना गरेर डेंगुको उपचार गराई रहेका छन् ।

नीलकण्ठमा डेंगु संक्रमितको संख्या २०५ जना
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३