धादिङ । जिल्ला अस्पताल धादिङले अस्पतालका बेड, डेंगुका बिरामीले भरिएको जनाएको छ । ५० बेडको अस्पताल भएता पनि हामीले ८० बेडको सुविधा दिई रहेका छौं । पछिल्लो केहि दिन यता डेंगुको बिरामीको चाप बढ्दा अस्पतालका बेडहरु भरिएको अस्पताल संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताएका छन् ।
धादिङमा साउन पहिलो साता मात्रै धादिङमा १९७ जना डेंगु संक्रमित भए जस मध्य १७० जना नीलकण्ठ नगरपालिकाका मात्रै छन् । अस्पतालमा नै भर्ना गरेर राख्नु पर्ने बिरामीको चापले गर्दा बेड भरिएको जिस्पतालले जनाएको छ ।
अस्पतालमा २ महिने बालक देखि ८९ वर्षिय वृद्धा समेत
धादिङ अस्पतलामा रहेका डेंगुका बिरामीहरुमा २ महिनाको बालक देखि ८९ जनाको वृद्धा र हप्ता दिनको सुत्केरी महिला समेत छन् । डेंगुका बिरामी अस्पतालमा हप्ता दिन सम्म बस्नु पर्ने भएकोले आफन्त आफैले झुलको व्यवस्था गरेर बेडमा झुल टागेर बस्ने गरेका छन् ।
नीलकण्ठमा डेंगु संक्रमित १७० जना
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६ जना
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८ जना
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४ जना
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २० जना
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२ जना
साउन २ गते ७ महिला, १० पुरुष गरी १७ जना
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३ जना