एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा धादिङकी सन्तोषी विजयी

Avatar photo
Dhadingpost
सोमवार, साउन ८, २०८०

धादिङ । एनआरएनए अष्ट्रियाको यहि जुलाई २२ मा सम्पन्न निर्वाचनबाट २०२३–२०२५ को कार्यकालका धादिङकी सन्तोषी भण्डारी महिला उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । धादिङबेसी मिलनटोल निवासी सन्तोषी भण्डारी विगत ६ वर्ष देखि अष्ट्रियामा बसोबासमा रहकी सन्तोषी विभिन्न सामाजिक संस्थाहरु मार्फत समाज सेवामा समर्पित महिला हुन् ।

दुई कार्यकाल अध्यक्ष बनेर अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) (International Nepalese Artist Society ) अष्ट्रियाबाट विदाईको संघारमा उनीले एनआरएनए अष्ट्रियाको महिला उपाध्यक्षमा निर्वाचित बनेकी हुने । अब एनआरएनए अष्ट्रिया मार्फत समाजिक काममा उनले धादिङपोष्टलाई बताईन् ।

एनआरएन अस्ट्रियाले २०२३-२०२५ का लागि निवौचित हुनेहरुमा ध्रुव पौडेल अध्यक्ष आइसीसी सदस्यमा मनोज बिष्ट, उपाध्यक्षमा डबिन लामा र रिम बहादुर खड्का, महिला उपाध्यक्षमा सन्तोषी भण्डारी, महा सचिवमा डाइमण्ड राई, सचिबमा ज्ञानु बर्तौला र रिमा बिस्ट, कोषाध्यक्षमा बिरेन्द्र पुन मगर, सह कोषाध्यक्षमा राजु रामदाम, युवा संयोजक फुर्बा तामाङ, युवा उप संयोजक राजिव थेबे, महिला संयोजकमा निरु कार्की एवं सदस्यमा कुमिर घर्तीमगर छन् ।