धादिङकी सन्तोषी इनास अष्ट्रियाकाे अध्यक्ष बनिन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ४, २०७६

धादिङ मंसिर ४ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) (International Nepalese Artist Society ) अष्ट्रियाकाे अध्यक्षमा धादिङकी सन्ताेषी भण्डारी अध्यक्षमा चयन भएकी छिन् ।

युरोपको मुटुमा रहेको अत्यन्तै रमणिय तथा पर्यटकिय देश अष्ट्रियामा रहेर विभिन्न क्षेत्रमा आफ्नो कला, शिप तथा प्रतिभा प्रस्तुत गर्दै आईरहेका नेपालीहरूको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) भेलाबाट भण्डारी अध्यक्षमा चयन भएकी हुन् ।

धादिङबेसी मिलनटाेल निवासी सन्तोषी भण्डारी अध्यक्ष भएकाे उक्त समितिकाे सदस्यहरूमा राजन कुमार श्रेष्ठ, प्रदिप ढुंगाना, सम्झना वोहोरा, शुभद्रा भण्डारी, शिला अधिकारी, नविन कार्की, गिता (पुमा) राई, मयन लिम्वु, श्वेता वज्राचार्य, सुरज थापा, शेखर लामा र पुनम पौडेललाई चुनिएको छ ।

मातृभूमी नेपाल तथा विश्वभर छरिएर रहेका विभिन्न विधाका कलाकारहरूको संगठन इनास अष्ट्रियाले स्थापनाको दौरानमै एक विदेशी महिलाले नेपालको संस्कृती झल्किने पोषाकमा फोटोसुटको लागि गरेको अनुरोध स्विकार्दै नेपाली पहिचान झल्किने फोटोसुटमा सहभागी भई विभिन्न देशका पहिरनहरूसंग नेपालीको पहिरन पनि समावेश गराई नेपाल र नेपालीको परिचय फराकिलो वनाउन थप मद्दत गरेको छ ।

करिव ७ वर्ष पहिले स्थापना भएको कलाकारहरूको संस्थाले विश्वव्यापीरुपमा विस्तार हुने क्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रिया ७३ औं शाखाको रूपमा गठन भएको हो ।

हालै मात्र ऐतिहासिक रुपमा नेपालमा छैठौं इनास फिल्म अवार्ड सम्पन्न गरेको थियाे ।