धादिङ । धादिङमा यो साउन लागेपछिको चार दिनमा ९४ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
साउन १ गते ३४ जना, २ गते १७ जना, साउन ३ गते १९ जना र आज साउन ४ गते २४ जना गरि धादिङका यो ४ दिनको अवधिमा डेंगु संक्रमितको संख्या धादिङमा ९४ पुगेको हो ।
आज ४ गते डेंगु संक्रमित हुने २४ जनामा नीलकण्ठ नगरपालिकामा १४ पुरुष ८ महिला गरी २२ जना , बेनीघाट रोराङमा १ महिला १ पुरुष तरी २ जना रहेका छन् ।