साउनको यो ३ दिनमा धादिङमा ७० जनामा डेंगु

Avatar photo
Dhadingpost
बिहिबार, साउन ४, २०८०

धादिङ । धादिङमा यो साउन लागेपछिको तीन दिनमा ७० जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

साउन १ गते ३४ जना, २ गते १७ जना र साउन ३ गते १९ जना गरि धादिङका यो ३ दिनको अवधिमा डेंगु संक्रमितको संख्या धादिङमा ७० पुगेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुधबार नीलकण्ठ नगरपालिकामा ९ महिला, ८ पुरुष, गल्छी गाउँपालिकामा १ पुरुष, रुबीभ्यालीमा १ महिला र १ पुरुष गरी १९ जनामा डेंगु संक्रमण देखिएको छ ।