नेत्रावती डवजोङका कर्मचारी आन्दोलनमा सेवा प्रभावित

Avatar photo
Dhadingpost
बुधबार, साउन ३, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जनाएका छन् ।

नेत्रावती डवजोङको स्थानीय तहको निर्वाचन कांग्रेसले जितेको पालिका हो । यस पालिकामा एमालेले एउटा वडा जित्दा अन्य सबै पद कांग्रेसले जितेका थियो । हातपात गरेको आरोप लागेका सुरेश वाईवा पनि काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

विज्ञप्तीमा भनिएको छ-
आज मिति २०८०/०४/०३ गतेका दिन बिहान करिव ११:३० बजेतिर नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कर्मचारीहरुको बैठक बसिरहेको समयमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुरेश गुरुङ (वाईवा) ले कार्यालय कक्षमै अभद्र व्यवहार, अपशब्द प्रयोग गरी गाली गलौज गरी धम्कीपूर्ण शब्दको प्रयोग गरि कुटपिटको प्रयास समेत गरेको हुँदा यस्तो निन्दनीय कार्यप्रति यस गाउँपालिकामा कार्यरत कार्मचारीहरुको ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति हामि घोर भ्रत्सना गर्दछौं ।
राष्ट्रसेवक कर्मचारीले कानून बमोजिम जिम्मेवारी तथा कर्तव्य पालना गर्ने सिलसिलामा यस प्रकारको उत्तेजित कार्य हुनुले कर्मचारीको काम गर्ने मनोबलमा गिरावट आउनुका साथै गाउँपालिकाको प्रतिष्ठामा आँच आउने कार्य भएको छ । कर्मचारीको जिउ धनको सुरक्षा तथा पेशागत हक हितको निम्ती यस्ता अनैतिक कार्य गर्ने निज सुरेश गुरुङ (वाईवा) लाई कडा भन्दा कडा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गर्दछौं । यस्ता कार्य गर्ने व्यक्तिलाई कारबाही नगरिएसम्म गाउँपालिकाबाट प्रबाह हुने सम्पूर्ण सेवाहरु बन्द रहने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । साथै यस्ता खालका प्रवृत्तिहरु अन्त्य गर्न सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई सहयोगको लागि अपिल गर्दछौं । यस अवधिमा सेवाग्राहीहरुमा पर्ने असुविधा प्रति क्षमा प्रार्थी छौं ।