धुनीबेसी ६ मा ३ हजार सुन्तलाको विरुवा वितरण

Avatar photo
Dhadingpost
बुधबार, साउन ३, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्तरगत वडा नम्बर ६ को कालीदेवी थान, खत्री टोल, कोईराला टोल, मगर गाउँमा ३ हजार सुन्तलाको विरुवा नि:शुल्क वितरण गरेका छ ।

वडा अध्यक्ष रमेश आचार्यका अनुसार यस क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । सुन्तलाको विरुवा वितरण सँगै कृषि प्राविधिकहरुको निरन्तर सहयोग र निगरानी गरिने छ ।

यो पहिलो वर्ष ३ हजार विरुवा माग भए अनुसार वितरण गरिएको छ । सुन्तला पकेट क्षेत्र बनाउन नगरपालिकाले अन्य सहयोग पनि गर्ने वडा अध्यक्ष आचार्यले बताए । यो क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्न सक्न ठाउँ हो ।