टोकियो, जापान । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षिय सुदिप आचार्यको जापानमा निघन भएको छ । उनी अध्ययनका लागि जापानमा थिए ।
जापान समाचार अनलाईनले जनाए अनुसार जुलाई ११ तारिख आचार्य स्थानिय खोलामा मृत भेटिएको हो । उनी रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, र्योगोकु सुमिदा कु टोकियोमा भाषा विद्यार्थीको रुपमा करिब एक वर्षअघि मात्र जापान आएका आचार्य सुमिदा कुमा बस्दै आएका थिए ।
प्राप्त समाचार अनुसार सोमबार राति उनी ११ बजे साथीहरुलाई एकैछिन बाहिर निक्ले भन्दै कोठाबाट बाहिर निस्किएका थिए । तर उनी मंगलबार बिहानसम्म नफर्केपछि खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएका थिए ।