प्रचण्डको जीवनसंगिनी सीता दाहालको निधन

Avatar photo
Dhadingpost
बुधबार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको जीवनसंगिनी सिता दाहालको ६९ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सिताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ ।