धादिङ । धादिङ आज १२ जनलाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नीलकण्ठ नगरपालिकामा ४ महिला ६ पुरुष गरी १० जना, सिद्धलेक गाउँपालिकामा १ महिला १ पुरुष गरी २ जनालाई डेंगु संक्रमण भएको हो । २०७९ साउन यता धादिङमा २ हजार ७५३ जनालाई डेंगु संक्रमण भैसकेको छ ।
कीटजन्य रोग नियन्त्रण शाखाले देशका अधिकांश जिल्लामा अहिले नै डेंगुको संक्रमण देखिइसकेका छ अझ अबको चार महिनामा संक्रमण जोखिम उच्च हुने जनाएको छ ।