बेनीघाट रोराङ ७ का किसानलाई मिनिटिलर वितरण

Avatar photo
Dhadingpost
शनिबार, असार २३, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ७ ले किसानलाई ४० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ ।

वडा अध्यक्ष कुमार बस्नेतका अनुसार यस वडाका २९ जना किसानलाई चालू आर्थिक बर्ष ०७९-०८० मा बिनियोजित बजेटबाट ६० प्रतिशत कृषकको तर्फबाट र ४० प्रतिशत वडाको अनुदानमा मिनिटिलर वितरण गरिएको हो ।

बेनीघाट रोराङ वडा नम्बर ७ चरौंदी क्षेत्र धादिङ कै तरकारी पकड क्षेत्रको रुपमा परिचित छ ।