चेक गणतन्त्र । विगत ५ बर्ष देखि चेक गणतन्त्रमा बस्दै आएका धादिङ ज्वालामुखीका अतिज गुरुङले गैर आवासिय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको सचिव पदमा उम्मेदवारी दिएका छन् ।
धादिङमा रहँदा पढाईमा अब्बल रहेका उनी चेक गणतन्त्रमा पनि सफल युवाका रुपमा परिचित छन् । आगामी २०२३–२०२५ को कार्यकाल लागि एनआरएनए चेक गणतन्त्रको चुनाव यहि जुलाईको १६ तारिखका दिन हुँदै छ ।
अतिज गुरुङको चुनावी प्रतिवद्धता
१. स्थानिय च्याप्टरहरुको सहयोगमा सम्बन्धित राज्यका ठूला शहरहरुमा नेपाल चिनाउने र नेपाल भ्रमणका लागी स्थानिय विदेशीहरुलाई प्रेरित गराउने कार्यक्रमहरु सन्चालन गर्ने ।
२. यस क्षेत्रका नेपाली मूलका व्यवसायीहरुलाई सम्पर्क गराएर आ-आफ्ना सिप एवं अवधारणाहरु आदान प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।
४. नेपाली दुतावासले दिंदै आएको घुम्ति सेवामा समन्वयकारी भूमिका निर्वाह गर्दै नेपाली दुतावासको कन्सुलर अफिस स्थापनाका लागी अरु स्थानिय संघ संस्थाहरुसंग समन्वय गर्दै पहल गर्ने ।
५. गैर आवासिय नेपालि संघमा युवाहरुको अत्याधिक सहभागिताका लागी धेरै भन्दा धेरै युवामुखी कार्यक्रमहरु सन्चालन गर्ने ।