सल्यानटारमा सडकको दायाँबायाँ वृक्षरोपण सुरु

Avatar photo
Dhadingpost
बिहिबार, असार २१, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ भित्र पर्ने सल्यानटारको “बुट्टार-खोल्सी-बगैंचा-सिकटार” मुल सडकको दायाँबायाँ वृक्षरोपण सुरु भएको छ । अशोका, धुपी सल्ला, कल्की लगायत विभिन्न जातका ४ हजार २८४ सल्ला रोप्न सुरुभएको र असार २४ गते भित्र सबै विरुवा रोपी सक्ने नवराज तिमल्सिनाले धादिङपोष्टलाई बताए ।

वन तथा भू-संरक्षण विभाग काठमाण्डौको आर्थिक सहयोग, जिल्ला वन कार्यालय धादिङको प्राविधिक सहयोगमा “जनताको रहर हरित शहर” भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष राजु उप्रेतीले उक्त वृक्षरोपणको बिहिबार शुभारम्भ गरेका हुन् ।

करीव ६५ लाख २ हजार ३७५ लागत अनुमान गरिएको उक्त वृक्षरोपण शुभारम्भ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।