एमाले चोकबाट हराएको मोटरसाईकल सहित २ जना पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, असार १९, २०८०

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले चोरीको मोटर साईकल सहित २ जनालाई धादिङबेसी स्थित एमाले चोकबाट दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा निलकण्ठ ११ बस्ने २० वर्षिय सुरज बोगटी र नेत्रावती डबजोङ २ का २० वषिृइ बिशाल गुरुङ छन् । उनीहरुका आँसीखोला दोभानबाट पक्राउ गरिएको प्रहरीले जाएको हो ।

एमालेचोकको सडक किनारामा पार्किङ गरी राखेको ईन्जिन नं. DKYCGH70107 चे.नं MD2A13EY36CH52928 भएको रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल हराएको उजुरी परेपछि प्रहरीले सदरमुकाम नाका शिल गरि खोज्ने क्रममा मोटर सार्यकल सहित उनीहरु पक्राउ परेका थिए ।