कासी दनै एनआरएनए बेल्जियमको उपाध्यक्षमा निर्विरोध निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, असार १८, २०८०

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद (एनआरएनए) बेल्जियमको नयाँ कार्य समितिको खुल्ला उपाध्यक्षमा कासी दनै निर्विरोध निर्वाचित भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका चैनपुर जन्मभूमि भएका दनै एनआरएनए बेल्जियमको २०२३-२०२५ कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

सन् २००४ साल देखि बेल्जियममा बसोबास गर्दै आएका दनै सामाजिक अभियान्ताको रुपमा परिचित छन् । हरेक जसो नेपाली समुदाय लक्षित कार्यक्रमहरुमा सक्रिय भइै लागि रहने दनै बेल्जियमको नेपाली समुदाय माझ एक सफल युवा ब्यवसायी र सामाजिक सेवामा तल्लिन युवाको रुपमा परिचित युवा हुन् ।

बेल्जियम बसाइैका सुरुवातका दिनहरुमा आफुजस्तै दुःख पाएकाहरुको लागि संगठित रुपमा विभिन्न सामाजिक संजाल मार्फत समाजिक काम थालेका उनीले एनआरएन बेल्जियम मार्फत नेपाली समुदायमा सेवा गर्न र युवा प्रेरित कार्यक्रमहरु गर्ने धादिङपोष्टलाई बताए ।