जलेश्वरीमा वृक्षारोपण गरियो

Avatar photo
Dhadingpost
शुक्रबार, असार १५, २०८०

धादिङ । धादिङको सिध्दलेक गाउँपालिका ४ स्थित जलेश्वरी माध्यामिक विद्यालयको परिषरमा “सन्ततिका लागि साेचाैँ, समृध्दि र हरियालीकाे लागि रूख राेपाैँ” भन्ने नाराको साथ वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धरको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बृक्षारोपणमा विद्यालय हाताभित्र धूपी, अशोक, म्यांगो ईष्टिक, अम्बा लगायत बिरुवा रोपिएको जनाईएको छ ।

उक्त कार्यक्रममा सहायक वन अधिकृतहरू लोकनाथ लम्साल, टंकनारायण श्रेष्ठ र शालिग्राम भट्टराई, कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रशिक्षार्थीहरू बिद्या काफ्ले र बिनिशा लामा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।