बेनीघाट रोराङ २ मा सिलाई मेशिन वितरण

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा सिलाई कटाई तालिम सम्पन्न भए सँगै तालिममा सहभागीहरुलाई सिलाई मेशिन प्रदान गरिएको छ । तालिम गौरीशंकर कृषि सहकारीको हलमा ३ महिना सम्म चलेको र तालिमा सहभागी १५ जनालाई नै गाउँपालिकाले सिलाई मेशिन प्रदान गरेको हो ।

तालिम समापन तथा सिलाई मेशिन हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले सिप र मेशिन उपयोग गरि स्वरोजगार बन्न अग्रह गरेका थिए । उनले मेशिन घरमा थन्किएको देख्न नपरोस, स्वोरोजगार बनाउन गाउँपालिकाले ३ महिना लगाएर सिप सिकाएर मेशिन प्रदान गरेको बताएका थिए ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत वडा नम्बर २ मा भएको ३ महिने उक्त तालिममा सहभागी महिलाहरुले सिकेको सिप व्यवहारमा उतारिने बताएका थिए । तस्वीरः सन्जिता