जिल्ला रेकर्ड कायमै, ज्वालामुखीमा भएको रक्तदान

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०८०

धादिङ । आज विश्व रक्तदाता दिवस, रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउने गरिन्छ । नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिईने यस दिवसमा आज हामी रेकर्ड तोड्न नसकिएको रक्तदान कार्यक्रमका विषयमा स्मरण गर्न चाहान्छौं ।

रक्तदाताहरुलाई सम्मान गरि दिवस मनाउने धादिङ त्यस्तो तयारी देखिँदैन तथापी जिल्ला मै रेकर्ड राख्ने गरि भएको रक्तदान कार्यक्रमको स्मरण गर्नु पर्दा पुस १६, २०७७ का दिन ज्वालामुखी गाउँपालिकामा भएको रक्तदान कार्यक्रम हो । यो रक्तदानको रकर्ड त्यसपछि भएका रक्तदान कार्यक्रमहरुले तोड्न सकेका छैनन् ।

नेपाली कांग्रेस ज्वालामुखीले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा साँधभञ्ज्याङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जना रक्तदान गरेका थिए । एउटै कार्यक्रममा यति धेरै जनाले रक्तदान गरेको रेकर्ड अहिले सम्म कायम नै छ । हालका जिल्ला सभापति एवम् संघीय सांसद रामनाथ अधिकारीले समेत रत्त