रूवीभ्याली गाउॅंपालिका पुर्ण खोप सुनिश्चित प्रमाणिकरण

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०८०

धादिङ । खोपको मापदण्ड पुरा गरेपछि रूवीभ्याली गाउँपालिकाका पुर्ण खोप सुनिश्चित प्रमाणिकरण भएको छ । १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको दावी सहित रूवीभ्याली गाउँपालिका पुर्ण खोप सुनिश्चित प्रमाणिकरण भएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।

पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ ।

स्वास्थ्य चौकीहरुबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरण सहित पालिकालाई सिफारीस गर्ने गर्दछ । पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान अनुरुप रुबीभ्यालीलाई पुर्ण खोप सुनिश्चित प्रमाणिकरण गरिएको अध्यक्ष रामसिंह तामाङले बताए ।