आज विश्व रक्तदाता दिवस, किन मनाईन्छ यो दिवस

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०८०

आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

यसै अवसरमा आज निलकण्ठ बहुमुखी क्याम्पस, युवा रेडक्रस सर्कलको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसर आज रक्तदान कार्यक्रम हुनेभएको छ ।