धादिङ । नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो एनटीए ओपन ग्यारोगी लिग तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा ४१ केजी तौल तर्फ धादिङका राजु तामाङ प्रथम हुँदै स्वर्ण पदक जित्न सफल भएका छन् भने ४५ केजी तौल तर्फ सुमन घले दोस्रो हुँदै रजत पदक जित्न फल भएका छन् ।
धादिङका राजुले प्रतिपर्धी ६ जलालाई पराजित गर्दै स्वर्ण जितेका हुन् भने, सुमनले पाँचौं खेल जितेपनि छैटौं खेलमा पराजित हुँदा रजत पदक मै रोकिएका थिए । तीन दिन सम्म चलेको यस प्रतियोगिता आईतबार सम्पन्न भएको हो । प्रतियोगितामा धादिङका ४ सहित देभरबाट १ हजार खेलाडीले भाग लिएका थिए ।
आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले प्रतिभावान र सम्भावित खेलाडी पहिचान गर्दै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्य रहेको बताए ।