तेक्वान्दो लिगमा धादिङका ४ सहित देशभरबाट हजार सहभागी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २६, २०८०

धादिङ । नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो एनटीए ओपन ग्यारोगी लिग तेक्वान्दो च्याम्पियनसिप शुक्रबारबाट काठमाडौंमा सुरुभएको छ । प्रतियोगितामा धादिङका ४ सहित देभरबाट १ हजार खेलाडीले भाग लिने नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले बताए ।

सिनियरतर्फ १८ तौल समूह, जुनियर र क्याडेटतर्फ ६–६ र चिल्ड्रेनतर्फ ८ तौल समूहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा आर्मी, पुलिस, एपीएफसहित सातै प्रदेशका खेलाडीले भाग लिने छन् ।

शनिबार सकिने यस लिगमा धादिङबाट राजु तामाङ ४१ केजी, सुमन घले ४५ केजी, पावल तामाङ ५१ केजी र भिषण घले ५१ केजी सहभागी छन् । आजै भएको खेलमा धादिङका सुमन घलेले १ खेल जिति सकेका छन् ।

आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले प्रतिभावान र सम्भावित खेलाडी पहिचान गर्दै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्य रहेको बताए ।