गर्मी बढे सँगै सिद्धलेक गाउँपालिकाका विद्यालय ३ दिन विदा

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २८, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले गर्मीका कारण शिक्षक विद्यार्थीहरु विद्यालय मै विरामी हुन थाले पछि ३ दिन विदा गर्न सूचना जारी गरेको छ ।

सूचनामा गाउँपालिकाले जेष्ठ २९ देखि ३१ गते सम्म वर्षे विदाबाट कट्टा हुने गरि गर्मी विदा गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ ।