नीलकण्ठ ३ मा ५१ जनाले लिए दुना टपरी बनाउने तालिम

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०८०

धादिङ । नीलकण्ठ नगारपालिका ३ स्थित भष्मे दार्मे सामुदाियक वन उपभोक्ता समितिको आयोजना तथा डिभिजन वन कार्यालय धादिङको सहयोगमा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ ।

सीप सिकौं, आत्मनिर्भर बनौं भन्न मुल नाराका आयोजना गरिएको उक्त तालिम ७ दिन सम्म संचालन भएको थियो । तालिम समापन गर्दै डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले सिप सिक्नु ठुलो कुरा हैन सिप सिकेर व्यवहारमा उतार्नु ठुलो कुरा भएको बताएका छन् । मलाई आशा छ यो सिप सिक्ने सबैजनाले व्यवहारमा उतारी प्लास्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याउनका पनि दुना टपरी बनाउनु पर्ने उनले बताएका थिए ।

कल्पना थापाका अनुसार तालिममा ५१ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुले तालिम समापन कार्यक्रममा दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोग ल्याई आर्थिक लाभ सँगै प्लाष्टिक जन्यपदार्थलाई विस्थापित गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।