धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा जिल्ला प्रहरी कार्यालय धादिङले रुबीभ्यालीको ९ जना गाउँ प्रहरीलाई २४ दिने आधारभुत तालिम दिएको छ ।
तालिम २ जना महिला प्रशिक्षार्थी सहित गाउँ प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ७ जना गरी जम्मा ९ जना गाउँ प्रहरीहरु सहभागी थिए । बैशाख २६ गते देखि सुरुभएको उक्त तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
समापन कार्यक्रममा रुवीभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङको प्रमुख आतिथ्यतामा तथा यस कार्यालयका कार्यालय प्रमुख प्र.उ. गौतम मिश्रले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । रुबीभ्याली गाउँपालिकाले पदमार्ग भएर आउने पर्यटकको सुरक्षा, चोरी निकासी रोक थाम, वन जंगल सुरक्षालाई मध्यनजर गर्दै फागुनमा गाउँ प्रहरीको भर्ना गरेको थियो ।