रुबी भ्याली गाउँ प्रहरीका लागि परिक्षा दिँदै युवाहरु

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले पदमार्ग भएर आउने पर्यटकको सुरक्षा, चोरी निकासी रोक थाम, वन जंगल सुरक्षालाई मध्यनजर गर्दै गाउँ प्रहरीको दरखास्त आव्हान गरेको मिति सकिए सँगै छनोट प्रक्रिया अगाडी बढाएको छ ।

गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक १ जना, गाउँ प्रहरी हवल्दार १ जना र गाउँ प्रहरी जवान ७ जनाको लागि दरखास्त आव्हान गरेको थियो । छनोट प्रक्रिया अन्तरगत आज पहिलो चरण अन्तरगत प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको र भोली शारिरीक तन्दुरुस्ती परिक्षण र पर्सी फागुन १८ गते विस्तृत स्वास्थ्य परिक्षण गरि छनोट प्रक्रिया पुरा गरिने गाउँपालिकाले जनाएको छ ।

रुबी भ्यालीको गाउँ प्रहरीकाका लागि सहायक निरीक्षकका लागि ५ जना, गाउँ प्रहरी हवल्दारका लागि ३ जना र गाउँ प्रहरी जवानका लागि १६ जनाले आवेदन दिई परिक्षामा सामेल छन् ।