निवेदन दिएको एक सातामै बोराङमा विद्युतपोल, केन्द्रिय लाईन जोडिने

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ १ बोराङका ७० घर धुरीका लागि शंकर अधिकारी, उत्तम अधिकारी लगायतले विद्युत पोल माग गर्दै यहि जेष्ठ ९ गते नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्क काठमाडौंमा निवेदन दिएका थिए ।

निवेदन दिएको एक साता मै विद्युत प्राधिकरणले उक्त निवेदन अनुसार विद्युत पोल उपलब्ध गराई काम अगाडी बढाएको छ । विगत १० वर्ष देखि लघु विद्युतबाट आश्रित बोराङबासी हाल लघुविद्युतमा समस्या हुँदा अन्धरकारमा रहेको भन्दै विद्युत पोल र ५० केभीको ट्रान्समिटर माग गर्दै केन्द्रिय प्रसारण लाई जोड्न निवेदन दिएका थिए ।

उनीहरुको मागलाई विद्युत प्राधिकरणले एक सातामै कार्यान्वयन थाले सँगै अब बोरोङमा केन्द्रिय विद्युत प्रसारण लाईनबाट बत्ती बल्ने निश्चित भएको छ । यहि आर्थिक वर्षमा काम सकिने गरि प्राधिकरणले काम सुरुगरेको सन्तोष अधिकारीले धादिङपोष्टलाई बताए ।