लामागुरु माविमा दन्त शिविर जारी, विद्यार्थीलाई स्टेशन सामाग्री प्रदान

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २९, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका २ स्थित लामा गुरु माध्यामिक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको लागि दन्त शिविर तथा महिनावरी शिक्षा प्रशिक्षण सुरु भएको छ । शिविर भाली शनिबार पनि हुने बताईएको छ ।

रोटरी क्लव अफ धादिङका अध्यक्ष रोहित भण्डारीको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रम गरि दन्त शिविरको उद्घाटन गरिएको थियो भने विद्यार्थीहलाई टेशनरी सामाग्री प्रदान गरिएको थियो ।

यस दन्त शिविर, महिनावरी शिक्षा प्रशिक्षण तथा स्टेशन सामाग्री प्रदानका लागि विभिन्न पाँच वटा संस्थाहरुको सहयोग गरेको विद्यालयले जनाएको छ ।