एमाले निकट किसान महासंघको अध्यक्षमा विष्णुहरी लम्साल चयन

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २६, २०८०

धादिङ । अखिल नेपाल किसान महासंघ धादिङको अध्यक्षमा विष्णुहरी लम्साल चयन भएका छन् । नेकपा एमाले निकट यस महासंघको जिल्ला भेलाले जिल्ला अध्यक्ष कमल गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि लम्साललाई चयन गरेको हो ।

भेलालेबाट जिल्ला उपाध्यक्षमा रमेश नेपाल र रामजी आचार्य, सचिवमा बद्री इटनी, उपसचिवमा कुमारी गुरुङ र विनेश तामाङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई चयन भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यमा भेलाले सम्पन्न भएको थियो ।

भेलाले किसान महासंघको कामलाई प्रभावकारी बनाउन १४ ओटा विषयगत समितिहरुसमेत गठन गरिएको छ । महासंघको दुध उत्पादन किसान संघको संयोजकमा गणेश खतिवडा, जडिबुटी किसान संघको संयोजकमा धनबहादुर गुरुङ, पंछीपालक किसान संघको संयोजकमा गौतम खतिवडा, पशुपालक किसान संघको संयोजकमा विष्णुप्रसाद सिलवाल, च्याउ उत्पादक किसान संघको संयोजकमा सुदन खतिवडा, सिंचाइ तथा जल उपभोक्ता किसान संघको संयोजकमा रमेशप्रसाद थपलिया, मसलाबाली किसान संघको संयोजकमा गणेश गीरी, महिला विकास किसान संघको संयोजकमा शुशिला बराम, खाद्य बाली किसान संघको संयोजकमा हुमकुमारी गुरुङ, फलफुल उत्पादक किसान संघको संयोजकमा डिलबहादुर सिरमल, युवा किसान संघको संयोजकमा राजु गन्द्रमा मगर, तरकारी बाली किसान संघको संयोजकमा प्रेम घलेलाई तोकेको छ ।