धादिङ । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको रकम अपचलन भएको विषयमा संघिय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय युवा संघ नेपालले उर्जा तथा जलस्रोत सिचाइ मन्त्रालयलाई आईतबार ध्यानाकर्षण पत्र बुझएको छ ।
नेपालको सविधानको रक्षा गर्दै संघीयता र गणतन्त्रको कार्यान्वयनको निम्ति सधै जनजिविकाको पक्षमा हरेक खालका विकृतिविरुद्ध जनताको पक्षमा खबरदारी गर्दै आइरहेको संगठन राष्ट्रिय युवा संघ नेपालले गोर्खा र धादिङको सिमना हुँदै बग्ने बुढीगण्डकी नदिमा निमार्ण हुन लागेको १२०० मेगावाट विधुत आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने आवादी जग्गाको मुआब्जा वितरण गरि नसकेको, घरगोठ र बोटविरुवाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि नेपाल सरकारले आ.व २०७९/०८० को विनियोजित बजेट मध्ये रु. १ अर्ब रकम सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना र रु. ४० करोड रकम चितवनको नदि नियन्त्रण प्रयोजनका लागि रकमान्तर गरि बजेट कटौती गरेको प्रति राष्ट्रिय युवा संघ नेपालले गम्भीर आपत्ति जनाएको छ ।
उक्त निर्णय तत्काल फिर्ता लिई आम नागरिकका लागि संघिय सरकारको अनुभुति दिलाउन समेत माग गरेको छ । धादिङ जिल्लाका सिडियो रमेश ढकाल, राष्ट्रिय युवा संघ नेपालका सचिव हरिशरण जमकटेल, अध्यक्ष सुनिल तामाङ, नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिव अर्जुन श्रेष्ठ, उपसचिव राधिका सापकोटा, युवा संघका केन्द्रिय सदस्यहरु कमल सिलवाल, रोशन भट्ट सहितको सहभागितामा ध्यानाकर्षण पत्र बुझाएको हो ।