धादिङ । धादिङका विभिन्न ग्रामिण क्षेत्र, काठमाडौं, पोखरा लगायतका क्षेत्रहरुमा यातायात सेवा दिई रहेको ग्रामिण यातायात धादिङ प्रालिले आफ्नो सेवा विस्तार भएका ग्रामिण रुट अवलोकन गर्दै स्थानीयहरु सँग अन्तरक्रिया गरेको छ ।
अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार स्थानीयहरु सँग ग्रामिण यातायात धादिङ प्रालिले संचालन गरेको यातायात सेवाको विषयमा राय लिईएको र उक्त रायलाई कार्यान्वयनमा लाने र सेवालाई झनै प्रभावकारी बनाउन रुट अवलोकन तथा अन्तरक्रिया गरिएको बताए ।
हामीले यात्रुहरुलाई सहजकता होस् भनेर इटिकेट सुविधाको सेवा पनि विस्तार गरेका छौं । धादिङ स्थापित हाम्रो कम्पनीबाट संचालमा आएका यातयातका साधनहरु जनमुखी हुनुपर्छ यात्रुहरुबाट आएका सुझावहरु अनुसार आफुहरुले सेवा विस्तारमा अझै गुणस्तरता प्रदान गर्दै आएअनुरुप यो भ्रमण गरिएको उनले बताए ।