पश्चिम बंगालमा चट्याङ लागेर १५ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १६, २०८०

मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीनजनाको मृत्यु भएको पश्चिम बंगाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्यांकअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सातजनाको मृत्यु भएको थियो । रासस