थाक्रे गाउँपालिकाद्वारा गाई भैंसी ओसार पसारमा रोक

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १४, २०८०

धादिङ । धादिङको थाक्रे गाउँपालिकाले गाँइ भैंसीको ओसारपसार गर्न सूचना जारी गरेको छ । गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज महामारीको रुपमा फैलिएको र पि. सि. आर. विधिबाट केही रोगी पशुहरुको नमुना परिक्षण गर्दा थाक्रे गाउँपालिकाको विभिन्न वडाहरुमा समेत लम्पी स्कीन डिजिज (LSD) प्रमाणित भएको हुँदा थाक्रे गाउँपालिकाले गाई/भैंसी ओसारपसार रोकिएको जनाएको छ ।

अन्यत्र जिल्ला र पालिका बाट यस थाक्रे गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडारस्थान बाट अन्य वडा/स्थानमा गाई/भैंसीको ओसारपसार गर्न नपाईने सूचना जारि गरिएको र अटेर गरे कार्वाही गरिने गाउँपालिकाले जनाएको छ ।