गजुरीमा १०१ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ६, २०८०

धादिङ । धादिङमा नियमित रक्तदानको कार्यक्रमहरु हुन नसक्दा रगतको चरम अभाव भैरहेको बेला आज गजुरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गजुरीमा आज भएको रक्तदानमा ६९ पुरुष र ३२ महिला गरि १०१ जनाद्वारा रक्तदान भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार तामाङले बताए । (दुर्लभकुमार तामाङ हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याईएकाे छ ।- सम्पादक)