सत्यदेवीमा प्रथम अहिंसावादी कप फुटबल सुरु, १८ टिम सहभागि

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०८०

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेवी स्थित बच्छलादेवी खेलमैदानमा आजबाट प्रथम अहिंसावादी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का अध्यक्ष रबिन तामाङले गरेका थिए । प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजक अहिंसावादी युवा क्लवका सचिव रजित लामाले धादिङपोष्टलाई बताए ।

आज भएको उद्घाटन खेलमा अयोजक अहिंसाबादीको १ गोलका विरुद्ध लापाले २ गोल गरेको थियो । प्रतियोगिता बैशाख १२ गते सम्म चल्ने छ भने विजेता टिमले ५० हजार, उपविजेताले २० हजार र सान्तोना हुने २ टिमले ७-७ हजार जित्ने छन् ।

के युवा के बृद्धा सबैका लागि महत्वपूर्ण खेलकुद र शिक्षा, खेल खेलौं स्वास्थ रहौं र मित्रताको भावना कायम गरौं भन्ने नाराका साथ हुने यस प्रतियोगिताको समापन समारोहमा हुने सास्कृतिक कार्यक्रममा कलाकारहरु विश्व दोङ, राजकिङ वाईवा, मर्नेन तामाङ वाईवा, मोडल डोल्मा मनाङ्थेनको प्रस्तुती रहने बताईएको छ ।