धादिङ । खेलकुद सँगै सामाजिक क्षेत्रमा क्रियाशिल धादिङको बेनीघाट रोराङ स्थित कारु ट्रष्टले गोरखाका माझीटारमा भएको यू १५ माझीटार गोल्ड कपको उपाधी जितेको छ ।
गण्डकी युवा क्लबको आयोजनामा भएको उक्त प्रथम यू १५ माझीटार गोल्ड कपको फाईनलमा धादिङ कै अर्को टिम नलाङ युवा क्लब कालिदहलाई पराजित गर्दै कारुले उपाधी हात पारेको हो । कारुको जितका लागि सुलभ खतिवडाले २ गोल गरेका थिए ।
प्रतियोगितामा धादिङ र गोरखाका १५ टिमले सहभागिता जनाएका थिए । विजयी कारुले १५ हजार हात पार्दा उपविजेता कालिदहले १० हजार पाएको थियो । पुरस्कार राशी कम देखिएपनि आयोजकले प्रतियोगिताको व्यवस्थापन उत्कृष्ट बनाएको र खेलाडीलाई खाजा पानीको राम्रो सुविधा दिएको दिपश कडेलले धादिङपोष्टलाई बताए ।