धादिङका ५ जना राष्ट्रिय युवा संघको महाधिवेशनबाट निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३०, २०७९

धादिङ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट धादिङका ५ जनाले केन्द्रिय समितिमा आफ्नो पद सुरक्षित गर्न सफल भएका छन् । धादिङबाट १६ जना प्रतिनीधि सहभागि मध्ये दिपक खतिवडा र विष्णुहरि त्रिपाठी केन्द्रिय उपाध्यक्षमा, बाबु छत्कुली उप महासचिवमा उठ्ने तयारी गरेपनि सर्वसम्मत कार्य समिति छनोट हुने भएपछि उनीहरुले दावी गरेका पदबाट ब्याक भएका थिए ।

व्याक हुने क्रममा धादिङका खतिवडा र त्रिपाठी कार्यसमितिमा देखिएनन् भने बाबु छत्कुली निर्वाचन आयोग उपप्रमुखमा चयन भए । यस्तै केन्द्रिय सदस्यमा केन्द्रीय कार्यालय तर्फबाट मोदनाथ सिलवाल (सन्तोष), भुगोल तर्फबाट केशव सिलवाल (कमल), रोशन भट्ट र अनिशा बराम केन्द्रिय सदस्यमा निर्वाचित भए ।

महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।
यी हुन् सर्वसम्मत पदाधिकारी
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम
महासचिव
सुमन पुरी, उप महासचिव, महेन्द्र गुरुङ, राजन थापा
सचिव
बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव