धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित श्री स्थानपति माध्यामिक विद्यालयका भतपूर्व बिद्यार्थी समाजको आकस्मिक बैठक समाजका अध्यक्ष सविन ढकालको अध्यक्षतामा गोङ्गबु स्थित नर्थ क्साफेमा सम्पन्न भएको छ ।
बैठकमा बिद्यालयको समसामयीक गतिबिधि र भतपूर्व बिद्यार्थी समाजको आगामी कार्यक्रमको बारेमा समाजका पदाधिकारीहरु बीच लामो छलफल र बहस भएको थियो । विद्यालयको शैक्षिक गुणस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने सोच भन्दा राजनीतिक गन्ध देखिएको र यो नै बिद्यालयको प्रमुख समस्या रहेको बिषय समाजका वरिष्ठ उपाध्यक्ष शंकरजंग ईटनीले राखेका थिए ।
विद्यालयमा शिक्षक नियुक्तिमा योग्यता, अनुभव र गुणस्तरको मापदण्डलाई व्यवास्ता गरी स्वत: स्फुर्त तरिकाले राजनितिक नियुक्तिलाई प्रस्रय दिईएको र हाल नियुक्ति गर्न लागिएको नयाँ शिक्षकको सबालमा त्यस्तो नगर्न समेत वैठकले आव्हान गरेको छ । (शिर्षकमा स्थानापति हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ सम्पादक)