धादिङ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज धादिङको रुबीभ्याली गाउँपालिका स्थित सेर्तुङ आउने भएसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु शनिबार नै सेर्तुङ पुगेका छन् ।
मिसन ग्रासरुट अभियान अन्तरगत हुने सर्तुङको सभामा सम्बोधन गर्न अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज दिउँसो १२ बजे आउने कार्यक्रम रहेको एमाले धादिङले जनाएको छ ।
बागमती प्रदेशका पूर्वमन्त्रीहरु रामेश्वर फुयाँल, कैलास ढुँङ्गेल, केशव स्थापित, एमालेका जिल्ला नेताहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रमुख शनिबार साँझ नै सेर्तुङ पुगि सकेको बताईएको छ ।