धादिङ अस्पतालमा (भोली) शनिबार ५ घण्टा ल्याव र एक्स-रे सेवा बन्द हुने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २४, २०७९

धादिङ । धादिङ अस्पतालले शनिबार (भोली) बिहान १०ः३० बजे देखि दिउसो ३ः३० बजे सम्म नियमित दिदैं आएको ल्याव सेवा र एक्स-रे सेवा बन्द रहने जनाएको छ ।

बागमती प्रदेश सरकारबाट प्राप्त लन्ड्री मेशिन जडान कार्य गर्नको लागि अस्पतालमा विद्युत सेवा बन्द गर्नुपर्ने भएका कारण उक्त सेवा बन्द हुनपुग्ने अस्पतालले जनाएको छ ।

मेशिन जडानको काम उल्लेखित समय अगावै सकिय सेवा पनि अगावै सूचारु हुने समेत बताईएको छ ।